३० आश्विन २०८३, शुक्रबार

नदी/खोला उत्खनन् : सकिँदै दिगो आम्दानीको स्रोत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । जब कोभिड–१९ को संक्रमण फैलन नदिन २०७६ चैतमा सम्पूर्ण देश कडा ‘लकडाउन’मा थियो, त्यतिबेला सरकारी अधिकारीहरूले कहिलेकाहीँ हिंस्रक रूपमै उत्रेर पनि जनताको आवागमन ठप्प पार्दै सडक सुनसान पारे । त्यतिबेला पनि ललितपुरको नख्खु कोरिडोर, चापागाउँ, गोदावरी क्षेत्रको सडक भने बन्द भएन, बरु टिपरले जाम भएका दृश्य देखिए । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हुँदै जाने अरनिको राजमार्ग पनि सुनसान थिएन । बालुवा र गिट्टी बोकेर सयौं ट्रक त्यही मार्गबाट काठमाडौं भित्रिइरहे ।

यो वर्ष पनि लकडाउनको समयमा नै व्यापक ढुंगा गिटी ओसारपसार भइरहेको पाइएको छ । ललितपुरको गोदावरी नगरपालिका–५ को टीकाभैरवमा टिपरका कारण एम्बुलेन्स नै रोकिएको गुनासो स्थानीय बासिन्दाले गरिरहेका छन् । जनताको सुरक्षाका लागि निषेधाज्ञा लगाउँदा पनि व्यापारी व्यवसायीले भने चोरीपैठारी गरिरहेका छन् ।

नल्लु खोला तथा आसपासका गाउँबस्तीका मानिसले नल्लु खोलामा सफा र सग्लो पानी देख्न नपाएको वर्षौं भइसक्यो । खोला क्षेत्रमा ढुंगा उत्खनन गरिएकाले नदीमा सङ्लो पानी बग्न छाडेको तीन दशकभन्दा बढी भइसक्यो । यही खोलाका पानी लगाएर खेती गरिरहेका किसान अहिले खोलाको पानीले बाली सपार्नेभन्दा पनि बिगार्ने गरेको दुःखेसो पोख्छन् ।

खोलाको पानीमा पौडी खेलेको र लुगा धोएको सम्झँदै स्थानीय दीपेश तिमल्सिना भन्छन्, ‘खानीले यहाँको सबै चक्र नै बर्बाद बनाएको छ । हामी खोलामा पौडी खेल्थ्यौं, गार्ईवस्तुलाई नदीको पानी पिउने व्यवस्था गथ्र्याैं । तर, अहिले खोलामा पानी होइन, धमिलो लेदो बग्छ ।’

वन क्षेत्रमा नै सञ्चालन भएको खानीले दैनिक खोला खोस्रिरहेको छ । यहीँबाट निस्किएका ढुंगा कुट्न क्रसर उद्योगहरू खोलैभरि खडा छन् । वन नाँगिदै गएको छ । हरेक वर्षजसो वन क्षेत्र दोहनको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै हुन्छ । तर, खन्ने काम अनवरत चालू छ ।

यसैगरी, सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपासका गाउँबस्तीका प्रायः स्थानीय बासिन्दा नदीकै गुणगानले भरिएको गाथा सुन्दै हुर्किए । हिउँ पग्लेर बाह्रैमास बग्ने इन्द्रावतीले उनीहरूको खेतबारी हराभरा राख्थ्यो र गाउँलेलाई बर्सेनि दुईपटक मनग्गे बाली पनि दिन्थ्यो । राजधानी दैनिकमा सविन शर्माले समाचार लेखेका छन् ।