
काठमाडौँ, १२ असार । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा एक तीन तलाको घर बगाएको छ ।
शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्द्रावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार एक हप्ताअघि आएको बाढीका कारण जोखिममा परेको सो घर शनिबारको बाढीले बगाएको हो ।
घरका मानिसहरु अन्यत्र स्थानान्तरण भइसकेकाले मानवीय क्षति भने भएको छैन ।












प्रतिक्रिया