१५ कार्तिक २०८३, आइतबार

थप ५ हजार ४५५ जनाले जिते कोरोना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५८६ र एन्टिजेन विधिबाट ४ हजार ७६५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४७६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ जना रहेको छ ।

२४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९४५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।