१५ कार्तिक २०८३, आइतबार

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ११ असार । वीरगंज महानगरपालिका–१३ स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.४०प ४२०३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा परवानीपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय दिपक कुमार यादव र पर्सा कालिकामाई गाउँपालिका–३ बस्ने २२ वर्षीय सागर पटेल रहेका छन् ।

गत मंगलबार उक्त मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई परवानीपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको अवस्थामा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।