दोहा, ११ असार । कतार एयरवेजले आफ्नो प्रतिष्ठित सेवालाई विस्तार गर्दै अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्यस्थलहरूको सूचीमा राख्ने जानकारी दिएको छ ।
लुसाका र हरारेको लागि नयाँ सेवा बोइङ ७८७ ड्रीमलाइनरको साथ सञ्चालन गर्ने निर्धारित गरिएको छ ।
यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ ।
यी दुई नयाँ मार्गहरूसँगै एयरलाइनले अफ्रिकाका २७ गन्तव्यहरूका लागि १०० भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ ।















प्रतिक्रिया