काठमाडौं, ११ असार । एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने महानुभावहरू लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।
असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको मोबैंक गरौं थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिने बैंकले जनाएको छ ।
यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो रू. १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्नुहुने र एक जना सहभागीको एकभन्दा बढी भिडियोहरू छनौट भएमा रू. १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।















प्रतिक्रिया