१५ कार्तिक २०८३, आइतबार

विराटनगर महानगरमा ४ अर्ब १० करोड ३ लाखको बजेट प्रस्तुत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेको छ ।

बिहीबार महानगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेबट प्रस्तुत गरेकी हुन् ।

बजेटले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

महानगरले वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड,अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।

त्यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकाल आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाई ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।