८ कार्तिक २०८३, आइतबार

कामना सेवा बिकास बैंकको ऋणपत्र सूचीकरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य रु. १००० कायम भएको कुल १०,००,००० कित्ता थान ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार गर्न सक्ने गरी सूचीकृत भएको जनाएको छ ।

बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।