काठमाडौँ, ९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० जना रहेको छ ।
२४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस