
काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध आयोगले वुधबार एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहित को भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
एक विज्ञप्तिमार्फत उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।
आयोगले लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।












प्रतिक्रिया