८ कार्तिक २०८३, आइतबार

सुनको मूल्य ३ सयले घट्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । वुधबार फेरि सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बढेको सुनको मूल्य वुधबार ९० हजार ७०० रुपैयाँमा झरेर कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

उता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।