१५ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

महोत्तरी, ८ असार । मटिहानी नगरपालिका–८ स्थित सडकबाट स्रोत नखुलेको नगद ३९ लाख ८० हजार रुपैयाँसहित धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१ बस्ने ३८ वर्षीय संजय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

संजयले चलाई ल्याएको अन टेष्ट लेखिएको स्कुटरलाई प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उक्त सडकमा जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा स्रोत नखुलेको १ हजार र ५ सय दरका गरी उक्त रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।