१५ कार्तिक २०८३, आइतबार

थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार २०४ पीसीआर र ४ हजार ७०९ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ५२२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ९५४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ जना रहेको छ ।

२४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।