मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

प्रहरीका १६ जना डिआईजीको सरुवा, को कहाँ पुगे ?

दैनिक नेपाल २०७८ असार ७ गते १८:१८

काठमाडौँ, ७ असार । सरकारले नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरेको छ ।

सोमबार गृह मन्त्रालयले डिआईजीको सरुवा गरेको हो । डीआईजी अरुणकुमार बिसीको प्रदेश–१ प्रहरी कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा पुगेका छन् ।

को कहाँ पुगे ?

प्रतिक्रिया
सम्बन्धित