१५ कार्तिक २०८३, आइतबार

थप २ हजार २९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५८३ पीसीआर र ४ हजार ३२१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख २२ हजार ६४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० जना रहेको छ ।

२४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७७२ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।