१५ कार्तिक २०८३, आइतबार

मेलम्चीमा यसकारण आकस्मिक बाढी आएको थियो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुपाल्चोक, ५ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले अझै बाढी र पहिराको जोखिम रहेको जनाएको छ ।

शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले गत असार १ गते बेलुकी करिव साढे ७ बजे मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण खोल्दै अझै जोखिम रहेकाले सचेत रहन आग्रह गरेको छ ।

गाउँपालिकाको सूचनाअनुसार सोही गाउँपालिकाको वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो जानुले असार १ गते मेलम्चीमा अचनाक बाढी आएको खुलाएको छ ।