![]()
मनाङ, ५ असार । करिब एक सातादेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको छ ।
चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेपारीको भाग डुबानमा परेको छ भने सिंगो चामेबजार उच्च जोखिममा परेको छ ।
नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको बताइएको छ ।















प्रतिक्रिया