
दोलखा, ५ असार । बाढी आउने खतरा बढेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्गसीया शहर र त्यस आसपासमा भारी वर्षासँगै पहिरो जाँदा स्थानीय नदीको वहाब रोकिएकाले नेपालतर्फ (तामाकोशी नदीमा) बाढीको जोखिम बढेसँगै उत्तः जलाशय खाली गर्न लागिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको हो । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले हिजो साँझ सूचना जारी गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत अपील गरिसकेको छ ।















प्रतिक्रिया