७ कार्तिक २०८३, शनिबार

जसपा अध्यक्ष ठाकुरद्वारा कार्यकारिणी समितिमा व्यापक हेरफेर

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समितिमा व्यापक हेरफेर गरेका छन् ।

आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै उनले कार्यकारिणी सदस्य हेरफेर गरेका हुन् । अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित समेत गरेका छन् ।

मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन् । हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाएका छन् । यद्यपि उनले जेठ ३ गते नै कार्यकारिणी समिति हेरफेर गरेको बताइएको छ ।