१५ कार्तिक २०८३, आइतबार

एमाले महासचिव पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरेका छन् ।

महासचिव पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण र जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए ।