२८ आश्विन २०८३, बुधबार

भुटानका प्रधानमन्त्री काठमाडौंमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

नयाँदिल्लीबाट भुटान जान उडेका तोब्गे चढेको विमान मौसम खराब भएका कारण काठमाडौंमा अवतरण गरेको विमानस्थल प्रहरीको उच्च स्रोतले जनाएको छ । परराष्ट्रमन्त्रीसहितको डुक एयरको विमान दिउँसो २ बजेर ७ मिनेटमा अवरण भएको हो ।

भुटानी प्रधानमन्त्रीसहितको टोली अहिले विमानस्थलको भीआईपी कक्षमा बसिरहेका छन् । भुटानको मौसममा भर पर्ने भएकाले प्रधानमन्त्रीको विमानस्थल बसाइ कति लामो हुन्छ भन्न नसकिने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

भुटानका प्रधानमन्त्री तोब्गे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा भाग लिन नयाँदिल्ली पुगेका थिए ।