१३ कार्तिक २०८३, शुक्रबार

सुरू भो तीस दलीय मोर्चाको तोडफोड र आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

van-todphodकाठमाडौँ, २४ चैत । एनेकपा (मााओवादी)को नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले कोटेश्वर–बालकुमारीमा आज बिहान एउटा ट्याक्सी जलाइदिएको छ ।

सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले आज नेपाल बन्दको घोषणा गरेको छ ।

त्रिभुवन विमानस्थलमा आफन्तलाई पु-याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए ।

यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५ः१५ बजे पेट्रोल छर्केर आगजनी गरेका हुन् ।

आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँले अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन् ।