
काठमाडौँ, ३ असार । नेपालको अग्रणी अनलाइन बजार दराजले तिन प्रमुख नेपाली बैंकहरु माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरि यही १७ जुन देखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ ।
यस अफर मार्फत ग्राहकहरुले कार्ड प्रीपेमेन्ट गरेमा १५% रु ५०० सम्मको छुट पाउन सक्नेछन् ।
यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसंग मिलि बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छूटको मजा लिन सक्नेछन् ।
माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहिबार दराज एप मार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् ।
विवरणहरू तल दिइएको छः
माछापुच्छ्रे बैंक – डेबिट कार्ड भुक्तानीमा १०% रु ५०० सम्मको छुट/क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट
मेगा बैंक – डेबिट कार्ड भुक्तानीमा १०% रु ५०० सम्मको छुट/क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट
हिमालयन बैंक – प्रीपेड र क्रेडिट कार्ड भुक्तानीमा १५% रु ५०० सम्मको छुट
यसैगरी दराज बैंक डेज अफर अन्तर्गत, ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छुटको मजा लिन सक्नेछन् ।
सोमबार – सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १०% रु ५०० सम्मको छुट ।
वुधबार – एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १०% रु ५०० सम्मको छुट
शुक्रवार – नबिल बैंक मार्फत १०% छुट (अधिकतम रु ५००)
शनिबार – स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १०% छुट (अधिकतम रु ५००)
अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य छन् । यसबाहेक, कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन् ।
त्यसैगरि इच्छुक ग्राहकहरूले अब माथि उल्लेखित कुनै पनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने दराजले जनाएको छ ।















प्रतिक्रिया