१५ कार्तिक २०८३, आइतबार

नेपाल खेलकुद महासंघद्वारा मेलम्चीमा राहत वितरण

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ३ असार । नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीले हालैको भीषण बाढी प्रभावित मेलम्ची र हेलम्बुबासीलाई राहत वितरण गरेको छ ।

नेपाल खेलकुद महासंघका ईन्चार्ज दावा लामाङ, पार्टी नेता निर्मल भट्टराई, नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष रमेश पौडेल, बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत,उपाध्यक्षहरू गोविन्द भट्टराई, एकेन्द्र कुँवर, सुवास श्रेष्ठ, निरेशलाल श्रेष्ठ, उपमहासचिवद्वय रामकृष्ण खड्का,नन्द बत्स्याल, सचिबहरू रेणुका श्रेष्ठ,उमेश के सी, शुक्र प्याकुरेल, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, नेपाल केलकुद महासंघ निर्वाचन आयोगका सचिव अशोकराज ढुंगेलसहितको टोलीले दुईसय प्रभावित परिवारलाई चामल, दाल, तेल, तरकारी वितरण गरेको छ ।

सो अवसरमा ईन्चार्ज दावा लामा तामाङले नेकपा(एमाले)ले विपदमा परेका जनतालाई सहयोग गर्न सबै जनवर्गीय संगठनलाई निर्देशन पाउनेवित्तिकै नेपाल खेलकुद महासंघ पीडित जनतालाई राहत उपलब्ध गराउन सक्रिय भएको बताए ।

अध्यक्ष रमेश पौडेलले विपदमा परेका मेलम्ची र हेलम्बुबासीलाई राहत र पुनस्थापनामा नेपा खेलकुद महासंघ परिचालित हुने बताए ।

राहत संकलन र संयोजनमा प्रमुख प्रमुख भुमिका खेल्ने बरिष्ट उपाध्यक्ष पर्शुराम बस्नेतले मेलम्ची र हेलम्बुमा मात्र होइन, विपदमा परेका देशैभरका जनतालाई नेपाल खेलकुद महासंघले सहयोग गरिरहेको बताए ।