
काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्य प्रशुराम चौधरीलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ ।
प्रहरीले चौधरीलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ ।
चौधरीले पत्नी श्याम कुमारी चौधरीको घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया