
काठमाडौँ, ३ असार । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले मिति २०७८ असार २ गते देखि मिति २०७८ असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।















प्रतिक्रिया