
काठमाडौँ, ३ असार । बाढी पूर्वानुमान महाशाखाले आज पनि केही स्थानहरुमा सतर्क रहन अपील गरेको छ ।
महाशाखाले सूचना जारी गर्दै कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । यद्यपि सबैभन्दा बहाव भने सतर्कता तहभन्दा तलै छ ।
त्यस्तै, आज कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक र भारी वर्षा भइ बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सर्तकता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
त्यस्तै, कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव समान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै हुनेछ ।
महाशाखाका अनुसार पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीजलाधारमा बहाव बढ्दो हुने र केहीमा सतर्कता तह पुग्न सक्ने जनाइएको छ । केही नदीहरुमा आकस्मिक बहाव पनि हुनसक्नेछ ।
महाशाखाको सूचना:













प्रतिक्रिया