१५ कार्तिक २०८३, आइतबार

हेटौँमा १ सय ४३ केजी गाँजासहित ३ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३ असार । हेटौंडाबाट १ सय ४३ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङमा रोकिराखेको कन्टेनर चेक गर्दा कन्टेनरको केविनमा लुकाएको १ सय ४३ किलो ३ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयत्र मकवानपुरले जनाएको छ ।

प्रहरीले कन्टेनर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर–५ सिगार्से बस्ने बर्ष २८ का सनक बहादुर तामाङ, सह–चालक बाह्रबिसे–८ मानेश्वमरा बस्ने बर्ष २४ का सोमे तामाङ र कन्टेनरमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ गल्छराङ बस्ने बर्ष १८ का सविन तामाङलाई पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा बुधबार बिहान ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मनहरीबाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नम्बरको कन्टेनरबाट सोपरिमाणको लागुऔषध गाँजा फेला पारेको हो ।