
काठमाडौँ, २ असार । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुण यन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
उक्त सुविधा सम्पन्न बारुण यन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुण यन्त्र (दमकल) आइएमई मोटर्स प्रा.लिका कर्पाेरेट सेल्स हेड सुशिल राणाथापाले हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘सुविधा सम्पन्न बारुण यन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागीका घटनामा नगरवासीको जीउ धनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।’
अशोक लेलैण्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४, ००० लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ ।
यस प्रकारको अत्याधुनिक बारुण यन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरण मैत्री भएको हुनाले यसको कार्य क्षमता निकै राम्रो रहेको छ ।
केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका विभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौँको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताए ।
कार्य क्षमता, र अत्याधुनिक उपकरणका साथै मर्मत खर्च समेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको बारुण यन्त्र (दमकल) मध्येमा पर्दछ ।















प्रतिक्रिया