१५ कार्तिक २०८३, आइतबार

स्वास्थ्यकर्मीसहित मेलम्चीमा उद्धारका लागि अनेरास्ववियुको टोली प्रस्थान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मेलम्चीका बाढी र पहिरो पीडितहरूको उद्दार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोलीलाई बिदाई गरेका छन् ।

वुधबार पार्टी कार्यालयमा महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई बिदाई गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । राहत तथा उद्दार टोलीले पीडितहरूलाई वितरण गर्न २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।

महासचिव पोखरेलले नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरेका छन् ।