काठमाडौं, २ असार । विश्वभर तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लागशिप किलर सार्वजनिक गरेको छ ।
जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरू प्रदान गर्दछ ।
फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषताहरू प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका सीईओ स्काई लीले भनेका छन्, ‘विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको शुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्लागशिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको हो ।’
उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच पर्याई दैनिक जीवन सशक्तीकरण गर्ने कम्पनीको लक्ष्य रहेको त्यही प्रतिवद्धता अनुसार आफुहरु अघि बढिरहेको उनले बताए ।
यसको डिजाइन ग्राण्ड टुरर्स (जीटी) स्पोर्ट कारमा आधारित छ, जसले उच्च गति, लामो दूरी लगायतका असाधारण विलासी प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ ।
यही अवधारणा अनुरुप रियलमीको जिटी सिरिजको यस फोनमा पछाडि पट्टि थ्रीडी लाइट प्रतिविम्व गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइन र फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ जसमा तेज रफ्तारको संकेत प्रतिबिम्बित गरिएको छ, जसले रसिंग कारको रफ्तारको प्रस्तुति मानिएको छ ।















प्रतिक्रिया