
काठमाडौँ, १ असार । नबिल बैंकको सम्पूर्ण कारोबार असार ४ गतेदेखि ७ गतेसम्म बन्द हुने भएको छ ।
मंगलबार बैंकले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
बैंकले कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको हो ।
सूचनामा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा एवं सम्पूर्ण बैंकिङ्ग कारोबारहरू पूर्ण रुपमा बन्द रहने उल्लेख छ ।
त्यस्तै, अत्यावश्यक कारोबारका लागि भने बैंकको सम्बन्धित शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।















प्रतिक्रिया