
काठमाडौँ, १ असार । जनता समाजवादी (पार्टी) का उपेन्द्र यादव पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
आयोगले जसपाबारे गरेको निर्णयको विरुद्धमा सो पक्षले अदालत जानेबारे छलफल गरिरहेको जनाएको छ ।
केही नेताहरुले अदालत जानुपर्ने बताएपछि सो पक्षले आन्तरिक तयारी थालेको हो ।
सो पक्षले महन्थ ठाकुरलगायत केही नेताहरुलाई पार्टीबाटै निष्काशन गरेको निर्णय गरेको थियो । तर आयोगले भने पुरानै कार्यकारिणी सदस्य तथा दुई जना अध्यक्ष रहने व्यवस्था कायम हुने फैसला गरेपछि यादव पक्ष असन्तुष्ट बनेको हो ।












प्रतिक्रिया