३ कार्तिक २०८३, मंगलबार

घुस लिदाँलिँदै काठमाडौं महानगरपालिकाका अधिकृत रंगेहात पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौँ, २३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारीलाई रु तीन लाख ५० हजार घुससहित आज थलोमै पक्राउ गरेको छ ।

भक्तपुरको साविक बालकोटस्थित रीनादेवी साहको घरमा थप भएको तलाको नक्सा पारित गराउने कार्यका लागि सेवाग्राहीसँग सो रकम लिँदै गर्दा पक्राउ गरिएकोे आयोगले जनाएको छ ।

आरोपपत्र दायर : आयोगले आजै जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनमा औषधिलगायतका सामान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विभिन्न व्यक्तिलाई बिगो दाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

कार्यालयका तत्कालीन प्रमुख केहरसिंह गोदारलाई रु १६ लाख ९२ हजार चार सय, लेखा अधिकृत पूर्णप्रसाद रेग्मीलाई रु १२ लाख ३२ हजार चार सय, नायब सुब्बा लक्ष्मिभक्त उपाध्यायलाई रु १२ लाख ३२ हजार चार सय, लेखापाल लक्ष्मिकान्त शर्मालाई चार लाख ६० हजार, नासु कृष्णप्रसाद ढुङ्गानालाई रु चार लाख ६० हजार र आपूर्तिकर्ता जगन्नाथ ओझालाई रु १६ लाख ९२ हजार चार सय माग दाबीका साथ आरोपपत्र दायर गरेको आयोगले जनाएको छ । रासस