७ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकामा सोमबार थपिए ६०७ जना कोरोना संक्रमित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशभर ९ हजार ४३८ जनाको आरटी–पीसीआर गर्दा २,०४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी आज २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६५ हजार ८०४ जना आइसोलेसन र ५३१ जना क्वारेन्टिनमा छन् ।