७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा स्थगित खोप अभियान आजदेखि पुनः शुरु गरिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । काठमाडौं महानगरपालिकामा स्थगित कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः शुरू गरिँदै छ ।

महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको हो । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो ।

दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै खोप अभियान रोकिएको जानकारी दिएको थियो । रोकिएको खोप अभियान काठमाडौंमा आज र भोलि लगाइने भएको छ ।

यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने शहरी स्वास्थ्य तथा खाद्य नियमन विभागले जनाएको छ ।

खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाइने छ ।