७ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । प्रदेश २ को मन्त्रिपरिषद् समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश प्रमुख राजेश झाले पत्राचार गरेका छन् ।

प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आइतबार चार पृष्ठ लामो पत्र पठाएका हुन् ।

पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ ।

संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।

यस्तो छ पत्र–