३ कार्तिक २०८३, मंगलबार

अल्ट्रा धावक पण्डितलाई पर्वतारोहण संघको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sagar-pandit3काठमाडौं, २३ चैत । कृर्तिमानी विश्व पर्वतारोही तथा अल्ट्रा धावक सञ्जय पण्डितलाई नेपाल पर्वतारोहण संघले ताम्रपत्र र नगद सहित अभिनन्दन गरेको छ । अल्ट्रा धावक पण्डितलाई पाँच महादेशका सर्वोच्च शिखरहरुको किर्तिमानी आरोहण गरेको भन्दै नगद ५० हजार सहित सम्मान गरिएको हो ।

sagar-pandit2नेपाल पर्वतारोहण संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा, वरिष्ठ उपाध्यक्ष दिवश विक्रम शाह तथा महासचिव ठाकुर प्रसाद पाण्डेले उक्त रकम तथा ताम्रपत्र हस्तान्तरण गरेका थिए ।

लामो दूरीका धावक समेत रहेका सञ्जयको आगामी आरोहण उत्तर अमेरिकाको डेनाली तथा अन्र्टाटिका महादेशको माउण्ट भिन्सन रहेको छ । उनले एसिया, अफ्रिका, युरोप, अष्ट्रेलिया तथा उत्तर अमेरिकाको सर्वोच्च शिखरको सफलता पुर्वक किर्तिमानी आरोहण गरिसकेका छन् ।sagar-pandit sagar-pandit1