७ कार्तिक २०८३, शनिबार

आयात रोकेर देशको अर्थतन्त्रलाई बाहिर जानबाट रोक्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षेत्रीले उत्पादनको माध्यमबाट आयात रोकेर देशको अर्थतन्त्रलाई बाहिर जानबाट रोक्नुपर्ने बताएका छन् ।

उत्पादनको माध्यमबाट आयात रोकेर देशको अर्थतन्त्रलाई बाहिर जानबाट रोक्ने सोच सरकारलाई कहिल्यै पनि नआएको भन्दै उनले कृषि बजेट कृषकको घरदैलोमा पुर्याउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय खाद्य बैंकको आयोजनामा कृषिका कुरा भाग–१ अन्तर्गत विज्ञहरूबीच भएको भर्चुअल छलफलमा सहभागी हुँदै डा. क्षेत्रीले सो कुरा बताएका हुन् ।

े‘कृषि सेवाको प्रभावमा कस्तो खालको संरचना हुनुपर्छ योजना आयोगले योजना बनाउँछ, ग्रास रुटमा जानुपर्छ भन्ने छ । प्रचार–प्रसार हुनपर्छ भन्ने छ । तर, सरकारी क्षेत्रमा जतिसुकै सुधार गर्छु भने पनि धेरै बाधाहरु आउँछ,’ उनले भने ।

डा. क्षेत्रीले कृषिमा वैदेशिक लगानीका विषय उठ्दा देशमा साना किसानहरु भएकाले साना माछाले ठूला माछालाई खान्छ भने जस्तै हुने टिप्पणी समेत गरेका छन् । एफडीआईमा विदेशी लगानीकर्ताले ५० प्रतिशत उत्पादन विदेश निर्यात गर्ने भन्ने रहेको उनले बताएका छन् ।

छलफलमा नेपाल सरकारका पूर्व मुख्यसचिव तथा राष्ट्रिय खाद्य बैंकका अभियन्ता लिलामणि पौडेल, नेपाल अनुसन्धान प्रतिष्ठानका कार्यक्रम निर्देशक डा.जयबहादुर गुरुङले विशेष वक्ताको रुपमा आफ्ना धारणा प्रस्तुत गर्दै राष्ट्रिय खाद्य बैंकमार्फत गरिएको काम सराहनीय भएको बताएका थिए ।