७ कार्तिक २०८३, शनिबार

नरोत्तम वैद्यले माफी माग्दै भने– मैले आवेगमा बढी बोलेँ, रेकर्डबाट हटाइदिन अनुरोध छ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा उनले आत्मआलोचनासहित अभिव्यक्ति फिर्ता लिएका हुन् । उनले केन्द्र र प्रदेश संसदीय दलको निर्देशनबमोजिम आफूले उक्त बयान फिर्ता लिएको बताए ।

‘आफूलाई लागेका कुरा खुलस्त बोल्न पाइने हक छ । यो विषयमा अन्त मुद्दा मामिला नहुने ग्यारेन्टी संविधानतः छ । मैले हिजो प्रदेशसभामा बोल्ने क्रममा खुलस्त भएर बोलेँ । तर, त्यस क्रममा अभिव्यक्ति स्वतन्त्रताको अलि बढी नै उपयोग गरेजस्तो लाग्यो,’ वैद्यले भने, ‘मेरो उक्त भनाइ रेकर्डबाट हटाइदिनुहुन सभामुखसमक्ष अनुरोध गर्दछु ।’

प्रदेशसभामा हिजो उनले प्रधानमन्त्रीविरुद्ध आफू नाथुराम गोड्से हुन तयार रहेको बताएका थिए । त्यसपछि उनकै पार्टी कांग्रेससहित एमालेलगायतका दलले उक्त भनाइप्रति आपत्ति जनाउँदै आत्मआलोचना गर्न भनेका थिए ।

वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन् ।

कांग्रेसको प्रदेश संसदीय दलले उक्त भनाइलाई अमर्यादित र असंसदीय भन्दै फिर्ता लिन निर्देशन दिएको थियो । गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।