७ कार्तिक २०८३, शनिबार

कोरोना महामारीका बारण बन्द गरिएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आउँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने भएको छ ।

कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको तथा अस्पतालमा उपचारका लागि आउने ननकोभिड बिरामीहरूको चाप बढेको भन्दै सो सेवा सञ्चालनको तयारी गरिएको अस्पतालले जनाएको छ ।

कोभिडका बिरामीको संख्या घट्नु र ननकोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरूको स्वास्थ्य सुविधाका लागि निजी अस्पताल सञ्चालकहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपीडी सेवा पुनः सुचारु गर्ने भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरूको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरङ्ग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुने बताइएको छ ।