७ कार्तिक २०८३, शनिबार

१५ वर्षीया छोरीलाई एक वर्षदेखि बारम्बार करणी गर्दै आएका बुबा पक्राउ

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २८ जेठ । १५ वर्षकी आफ्नी छोरीलाई विगत एक वर्षदेखि बारम्बार जबरजस्ती करणी गर्दै आएका बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले एक वर्ष अगाडिदेखि नै ललाईफकाई डरत्रास समेत देखाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले बताएको छ ।

पछिल्लोपटक गत वैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्रहरीसमस्ष आएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।