७ कार्तिक २०८३, शनिबार

१९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, धनबहादुर बिक पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ जेठ । कञ्चनपुरमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया ती किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार नशालु पदार्थ खुवाएर सामूहिक बलात्कार भएको खुल्न आएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई पक्राउ गरेको छ भने अर्का एक युवा फरार छन् ।