
काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारको सेनाले नेपाली सेनालाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट र एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
भारतीय सेनाले उपलब्ध गराएको उक्त सामग्री आज शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।















प्रतिक्रिया