७ कार्तिक २०८३, शनिबार

वीर अस्पताललाई १८ शय्याको आईसीयू वार्ड हस्तान्तरण, अक्सिजन प्लान्टको काम धमाधम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । चौधरी फाउण्डेशनले वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेशनले वीर अस्पतालमा आईसीयू वार्ड निर्माण गरी बिहीबार हस्तान्तरण गरेको हो ।

फाउण्डेशन उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमलाई आईसीयू वार्ड हस्तान्तरण गरेको बताएका छन् । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा ९ वटा र दोस्रो तलामा ९ वटा शय्याको आईसीयू वार्ड निर्माण गरिएको उनको भनाइ छ ।

विश्व बजारमा उपलब्ध नवीनतम प्रविधि प्रयोग गरेर आईसीयू वार्ड निर्माण गरिएको छ ।

त्यस्तै फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताए । कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई कसैले पनि बिर्सन नहुने चौधरीको भनाइ छ ।

वीर अस्पतालमै फाउण्डेशनले अक्सिजन प्लान्टको पनि निर्माण गरिरहेको छ । चौधरी फाउण्डेसनको समन्वय र नबिल बैंकको वित्तीय सहयोगमा अक्सिजन प्लान्ट स्थापना भइरहेको हो । आगामी केही दिनभित्रै उक्त अक्सिजन प्लान्ट पनि हस्तान्तरण गर्ने तयारी छ ।