९ कार्तिक २०८३, सोमबार

चोरीपैठारीको धानसहित ट्याक्टर बरामद

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २८ जेठ । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका–५ स्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले करीव ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९७ बोरा धान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले प्र २–०१–००१ त ०९०१ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त धान सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला धान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरिएको छ । बरामद धान तथा ट्याक्टर भन्सार कार्यालय राजविराजमा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।