१६ कार्तिक २०८३, सोमबार

एमालेकै नेतृत्वमा साझा पहिचानको संविधान जारी हुन्छ : महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-pokheral

– रबिना बोहरा

बागलुङ, २३ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देश संक्रमणकालीन अवस्थामा गुज्रीरहेकाले संविधान निर्माण गर्नु पहिलो प्राथमिकताको बिषय भएको बताउनुभएको छ ।

नेकपा एमाले प्रचार प्रसार समितिले सोमबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संक्रमणकालले मुलुकको राजनीति, अर्थ, सामाजिक, साँस्कृतिक एवं नेपाली जनताको व्यक्तिगत जिवनमा समेत प्रभाव पारिरहेको भन्दै नेकपा एमालेको पहिलो सिद्दान्त संविधान निर्माण गर्नु रहेको बताउनुभएको हो ।

Ishwor-pokheral3संक्रमणकालबाट देशलाई निकास दिनुपर्ने भन्दै एमालेकै नेतृत्वमा देशले निकास पाउने बताउनुभयो । उहाँले भन्नुभयो-‘नेकपा एमालेकै नेतृत्वमा सबैको साझा पहिचान भएको संविधान जारी हुन्छ ।’

पोखरेलले संविधान घोषणा गर्नु संविधानसभामा रहेका सबै दलको दस्तावेज भएकाले आफ्नो पार्टी अवसरवादी र देशको हित विपरित हुने खालको काम नगर्ने बताउनुभयो ।

Ishwor-pokheral1अस्तव्यस्त र अराजक शक्तिहरुसंग जुधेर सामाजिक सद्भाव नहुने भन्दै उहाँले सबैको साझा पहिचानको आधारमा संविधान निर्माण हुने बताउनुभयो । पार्टीले राष्ट्रिय राजनीतिमा सकारात्मक धार लिईरहेको अवस्थामा बागलुङमा हुने उपनिर्वाचन नेकपा एमालेको पक्षमा आउनुपर्ने पोखरेलको भनाई थियो ।

कार्यक्रम नेकपा एमाले चुनाव प्रचार प्रसार समिति संयोजक रामबहादुर जि.सीको अध्यक्षता, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको स्वागत र बिष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।   Ishwor-pokheral2