१३ कार्तिक २०८३, शुक्रबार

संविधानसभाको अर्काे बैठक सोमबार बस्ने, नेता ढकालप्रति शोक व्यक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwanकाठमाडौँ, २३ चैत । संविधासभाको आजको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

करिब दुई महिनाको अन्तरालमा भएको उक्त बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अघिल्लो संविधासभा सदस्य रामनाथ ढकालको निधनप्रति शोक शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा दिवङ्गत नेता ढकालको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । गुल्मीबाट २०५१ सालमा प्रतिनिधिसभा सदस्य तथा २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका पूर्व सभासद् ढकालको आइतबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

बैठकले पारित गरेको शोक प्रस्तावमा ‘२०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट निर्वाचित सदस्य एवम् व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिका सभापति, विकासप्रेमी, गतिशील र प्रभावकारी नेतृत्व एवम् जुझारु व्यक्तित्वका धनी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रामनाथ ढकालको ५२ वर्षको उमेरमा काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा क्षयरोग र लिम्फोमालगायत रोगको उपचारका क्रममा हिजो असामयीक निधन भएकामा गहिरो शोक प्रकट गर्दछ’, भनिएको छ ।

बैठकले नेताद्वय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । संविधानसभाको अर्को बैठक यही चैत ३० गते शनिबार ३ बजे बस्नेछ ।