काठमाडौँ, २३ चैत । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्ता, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट सहमति कायम गरी संविधान निर्माण गर्न आग्रह गर्नुभएको छ ।
मधेसी जनाधिकार फोरम, नेपाल लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारसँग प्रधानमन्त्री निवासमा आज भएको भेटमा प्रधानमन्त्रील त्यस्तो आग्रह गर्नुभएको हो ।
भेटमा उहाँहरुबीच संविधानसभाको बैठक र संविधान निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आन्दोलन फिर्ता नलिए सरकार बाध्य भएर हस्तक्षेप गर्न बाध्य हुने प्रधानमन्त्री कोइरालाले चेतावनी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले आन्दोलन र द्वन्द्वबाट लोकतान्त्रिक शासन पद्धतिको लागि झन्डै एक शताब्दी लामो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि गुम्ने खतरा भएकाले वार्ता, संवाद, सहमति र सहकार्यबाटै संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।












प्रतिक्रिया