९ कार्तिक २०८३, सोमबार

बागी खोलामा डुबेर एक पुरुषको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

अर्घाखाँची, २६ जेठ । सन्धिखर्कमा बागी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

उनन्चास वर्षीय कुमाल माटेस्थित आफ्ना खेतमा धानको बीउ राख्ने काम सकेर घर फर्कँदै गर्दा एक्कासि लड्न पुग्दा पानीमा डुबेर मृत्यु भएको बताइएको छ । –रासस